नेपालमा नयाँ रुपको कोरोना : भेटियो डेल्टा भाइरसकै म्युटेसन

Sky Nguyen nguồn bình luận 999
A- A A+
काठमाडौं : नेपालमा कोरोना भाइरसको ’डेल्टा भेरियन्ट’ को नयाँ म्युटेसन फेला परेको छ। स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै डेल्टा भेरियन्टको परिस्कृत रुप ‘डेल्टा प्लस’ म्युटेसन भेरियन्ट फेला परेको जानकारी दिएको हो।
नेपालमा नयाँ रुपको कोरोना : भेटियो डेल्टा भाइरसकै म्युटेसन
Image: UNSPLASH/PTI

नेपालका विभिन्न भागबाट संकलन गरिएको ४८ वटा नमूना परीक्षणका लागि पठाइएको थियो। जसमध्ये ४७ वटामा डेल्टा भेरियन्ट पुष्टि भएको हो भने एउटामा अल्फा भेरियन्ट देखिएको हो।

डेल्टा भेरियन्ट देखिएको कुल नमुना स्वाबमध्ये ९ जनाको स्वाबमा डेल्टाको उत्परिवर्तित रुप (K417N mutation) देखिएको हो। त्यसलाई आधिकारिक नाम AY.1 दिइएको छ। केही समयअघि बेलायती पत्रिकाहरुले ’नेपाल भेरियन्ट’ देखिएको भनेर दाबी गरेका थिए। तर त्यो नयाँ भेरियन्ट नभइ डेल्टा भेरियन्टको यही म्युटेसन रहेको थियो। युरोपका केही देशमा यसअघि नै के डेल्टाको (K417N mutation) देखिएको थियो। हालै मात्र त्यसलाई डेल्टा पल्स नामाकरण गरिएको हो।

हालसम्म डेल्टा भाइरसको यस रुप नेपालसहित भारत, पोर्चुगल, बेलायत, अमेरिका लगायत १० देशमा पाइएको छ। यो म्युटेसनमा बेटा भेरियन्टकै जस्तो म्युटेसन देखिएकोले यसले पार्न सक्ने प्रभावका बारेमा वैज्ञानिकहरुले अझै अनुसन्धान गरिरहेका छन्।

स्वास्थ्य मन्त्रालयले नेपालमा भने यससहित डेल्टा र अल्फा बढी संक्रामक र संक्रमितलाई गम्‍भीर अवस्थामा पुर्‍याउन सक्ने भएकाले नयाँ भेरियन्टलाई ’भेरियन्ट अफ कन्सर्न’ भनिएको छ। यो भेरियन्टलाई ध्यानपूर्वक हेरिनु पर्छ र संक्रमण फैलनबाट रोक्नु पर्छ।

स्वास्थ्य मन्त्रालयले भाइरसको बढी संक्रामक र सबै उमेर समूहकालाई असर पार्ने बताएको छ। युरोपमा मार्चमै देखिएको भाइरसको यस रुप भारतमा पनि बढ्दो छ।

त्यस्तै, कप्पा भेरियन्ट पनि नेपालको केही क्षेत्रमा देखिएको छ। यो बढी संक्रामक नभएकाले यसलाई ’भेरियन्ट अफ इन्ट्रेस्ट’ मानिएको छ।

Nguồn Tin:
Video và Bài nổi bật